मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति भ्रातृ संगठनको असन्तुष्टि

हिमाल प्रेस १७ मंसिर २०८० ६:४९
8
SHARES
मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति भ्रातृ संगठनको असन्तुष्टि

मुगु– नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित जिल्ला कमिटी प्रक्रियाप्रति असहमति जनाउँदै १० वटा भ्रातृ संगठनले असन्तुष्टि जनाएका छन्।

गत शनिबारदेखि एमाले मुगुको जिल्ला अधिवेशन सुरु भए पनि सहमति हुन नसकेको भन्दै बिहीबार राति अध्यक्षमण्डलले जिल्ला कमिटी घोषणा गरेको थियो।

घोषित जिल्ला कमिटी अलोकतान्त्रिक भएको र जिल्ला प्रतिनिधिलाई सहमतिका लागि छलफल गर्न नबोलाइएको आरोप प्रेस विज्ञप्तिमार्फत लगाइएको छ।

‘बहुमत जिल्ला प्रतिनिधिको समर्थन रहेका डम्बर रावललाई अध्यक्ष घोषणा गर्न र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर अध्यक्षमण्डलले घोषणा गरेको जिल्ला कमिटी खारेज गर्न नेकपा एमाले केन्द्रीय समितिसमक्ष माग गर्दछौँ,’विज्ञप्तिमा भनिएको छ।

नेकपा एमालेको भ्रातृ संगठन नेपाल सांस्कृतिक संघ, नेपाल खेलकुद महासंघ, मानवअधिकार एलाइन्स, उत्पीडित जातीय मोर्चा, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल किसान संघ, प्रेस चौतारी, नेपाल बुद्धिजीवी परिषद् र नेपाल राष्ट्रिय शिक्षक संगठनले नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकालेका हुन्।

प्रकाशित: १७ मंसिर २०८० ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =