गोविन्दको समर्थन गर्दै धनराज भन्छन्- तनहुँवासीले सुन र पित्तल छुट्याउनु हुनेछ

हिमाल प्रेस २ वैशाख २०८० १९:४४
4
SHARES
गोविन्दको समर्थन गर्दै धनराज भन्छन्- तनहुँवासीले सुन र पित्तल छुट्याउनु हुनेछ फाइल तस्बिर।

तनहुँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँवासीमा आएको बताएका छन्। शनिबार लोकतन्त्र सम्वर्द्धान तथा विकास समाजद्वारा दमौलीमा आयोजित तनहुँको समुन्नत विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

देशी, विदेशी निकायले लोकतन्त्रलाई हराउने प्रयास गरिरहेकाले यसमा सचेत हुनुपर्ने उनको भनाइ छ।

‘उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन तनहुँवासी भ्रममा अल्मलिने समय होइन, एक पटकको गल्तीले वर्षौँको विकास निर्माणलाई प्रभावित बनाउँछ,’ उनले भने, ‘तनहुँवासीले दोधार नगरी सुन र पित्तल छुट्याउनु हुनेछ।’

वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा दोधार नभई लोकतन्त्रको संरक्षण गर्ने व्यक्तिको छनोट गर्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे। कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले लोकतान्त्रिक पद्धतिले मात्रै देशमा परिवर्तन सम्भव रहेको बताए। लोकतान्त्रिक व्यवस्थाले मात्रै स्वतन्त्रता कायम गरेकाले परिवर्तन हुने उनको भनाइ छ।

‘लोकतन्त्रले हरेक मुद्दामा प्रतिस्पर्धाबाट अगाडि बढ्ने वातावरण कायम गरेको छ, हरेक कुराको अभिव्यक्ति दिएर जनताको अधिकार पूरा गर्नसक्ने व्यवस्था निर्माण पनि लोकतन्त्रले नै गरेको हो,’ उनले भने। उपनिर्वाचनमा कांग्रेसबाट तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार छन्।

प्रकाशित: २ वैशाख २०८० १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =