संक्रमणकालीन न्यायसँग सम्बन्धित विधयेकको विषयमा सांसदसँग कानुन मन्त्रीको छलफल

हिमाल प्रेस २२ माघ २०८० १५:४६
4
SHARES
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधयेकको विषयमा सांसदसँग कानुन मन्त्रीको छलफल फाइल तस्बिर

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरूसँग छलफल गरेका छन्।

मन्त्री गुरुङले सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरूसँग अनौपचारिक रुपमा संक्रमणलीन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा छलफल गरेका हुन्। छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुंगोमा पुर्‍याउनका लागि सरकारको तर्फबाट भइरहेका कसरतहरूको बारेमा जानकारी गराएका थिए।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य महेश बर्तौलाले मन्त्री गुरुङले प्रस्तुत गरेको कसरतहरू सकारात्मक रहेको बताए। उनले आफूहरूले पीडितमैत्री कानुन बनाउने कुरामा जोड दिएको पनि उल्लेख गरे।

उनले असहमतिका विषयहरूलाई टुंग्याउने कार्ययोजना ल्याउने गरी छलफल भएको जानकारी दिए। यो विषय टुंग्याउनका लागि शीर्ष नेताहरूको तहमा पनि छलफल आवश्यक भएको भन्दै आधारभूत रुपमा एउटा तयारी गरेर अगाडि बढ्ने विषयमा कुरा भएको बर्तौलाले बताए।

प्रकाशित: २२ माघ २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =