एनएमबी बैंक कर्णाली प्रदेशद्वारा काँक्रेबिहार परिसर सरसफाइ

हिमाल प्रेस २ वैशाख २०८० १८:३४
8
SHARES
एनएमबी बैंक कर्णाली प्रदेशद्वारा काँक्रेबिहार परिसर सरसफाइ

सुर्खेत– सुर्खेतको काँक्रेबिहारमा एनएमबी बैंक लिमिटेड कर्णाली प्रदेशले काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ। शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरीका साथै काँक्रेबिहार वरिपरि सरसफाइ गरेको हो।

एनएमबी बैंक कर्णाली प्रदेशको अगुवाइमा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रमका साथै काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ। हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको संरक्षणको लागि बैंकले प्रभातफेरीका साथै सम्पदाहरूको सरसफाइ गर्ने काम गरेको एनएमबी बैंक लिमिटेड कर्णाली प्रदेशका एरिया प्रमुख मित्रराज प्याकुरेलले बताए। साथै उनले दिवसको अवसरमा राजधानीसहित देशभरि सबै ठाउँमा सञ्चालन भइरहेकोसमेत जानकारी दिए।

उनले प्रत्येक वर्ष सम्पदा संरक्षण अभियान सञ्चालन भइरहेको र आगामी वर्ष पनि जारी रहने बताए। यस्तै बैंकले काँक्रेबिहारमा डस्बिन, झाडु, डसप्यान पनि हस्तान्तरण गरेको छ। सुर्खेतमा रहेको एनएमबी बैंकको कार्‍यालयबाट र्‍याली सुरु गरी मंगलगडि चोक हुँदै काँक्रेबिहारमा गई सरसफाइमा तल्लिन भएको थियो।

विश्व सम्पदाको संरक्षण तथा संवर्धनका लागि नयाँ पुस्तालाई जागरूक बनाउन हरेक वर्ष अप्रिल १५ तारिखमा यो दिवस मनाउने गरिन्छ।नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्‍यावरणलगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिँदै आइएको छ। उक्त कार्यक्रममा एनएमबी बैंक कर्णाली प्रदेशको सम्पुर्ण कर्मचारी थियो।

एनएमबी बैंक दी फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो।

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा ४ पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर नेपाल’ प्राप्त गरेको छ।

एनएमबी बैंकले हाल देशभरि २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको बैंकका बिजनेश डेभलपमेन्ट म्यानेजर खगेन्द्र पाण्डेले जानकारी दिए।

प्रकाशित: २ वैशाख २०८० १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =