जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

हिमाल प्रेस २ वैशाख २०८० ११:१७
2
SHARE
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु सांकेतिक तस्बिर।

सिराहा- सिराहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

गोलबजार नपा १ लडाडामा लागेको मेलामा शुक्रबार राति नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो।

साथीहरूसँग नाच हेर्न गएको वेला गोलबजार नपा १ कै गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको हुनसक्ने वडा नम्बर ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।

घटना लगतै पुगेका प्रहरी सहितले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर डुपेन्द्र प्रसाद बुढाथोकीले जानकारी दिए। अहिले हात्ती पूर्वतर्फ गएको भन्ने जानकारी गाएको इन्स्पेक्टर बुढाथोकी जानकारी दिए।

प्रकाशित: २ वैशाख २०८० ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =