एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १ वैशाख २०८० १३:२१
4
SHARES
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ।
आज दिउँसो २ बजे बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा सरकारमा पार्टीको सहभागिताबारे र पछिल्लो समय पार्टीभित्रै उठेका विवादहरूबारे समेत समीक्षा हुने नेताहरूले बताएका छन्।

पछिल्लो समय एकीकृत समाजवादीबाट मुकुन्द न्यौपानेलगायतका नेताले छाडेका छन्। यसबारे पनि आजको बैठकमा छलफल हुनेछ।

प्रकाशित: १ वैशाख २०८० १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =