अमेरिकी राजदूतावासद्वारा युएसवाइसी नेपालका नयाँ सदस्यहरूलाई स्वागत

हिमाल प्रेस २९ चैत २०७९ १९:५८
अमेरिकी राजदूतावासद्वारा युएसवाइसी नेपालका नयाँ सदस्यहरूलाई स्वागत

काठमाडौँ- काठमाडौँस्थित अमेरिकी राजदूतावासले युएस एम्मेसी युथ काउन्सिल नेपालका नयाँ सदस्यहरूलाई स्वागत गरेको छ।

राजदूत थम्पसन, सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसन र सांस्कृतिक मामिला अधिकारी सारा नाइटले काउन्सिलका ५५ सदस्यहरूको विविध समूहलाई अमेरिकी मिशनमा स्वागत गरेका हुन्।

उनीहरूले विभिन्न सेसनहरूमार्फत अमेरिकी सार्वजनिक कूटनीति कार्यक्रम, अमेरिका र नेपालबीचको सम्बन्ध, सामाजिक मुद्दाहरूलाई प्रवर्द्धन गर्न सामाजिक सञ्जालको भूमिका र प्रजातान्त्रिक, समृद्ध र समावेशी नेपाल निर्माण गर्नमा युएसवाइसी सदस्यहरूको जिम्मेवारीबारे बुझ्ने अवसर पाएको जनाएका छन्।

आफ्नो एक वर्षको कार्यकालमा, नेपालको विविध सामाजिक, धार्मिक, सांस्कृतिक र जातीय पृष्ठभूमिको प्रतिनिधित्व गर्ने युएसवाइसी सदस्यहरूले आफ्ना स्थानीय समुदायहरूलाई सहयोग गर्न विभिन्न परियोजनाहरूमा संग्लग्न हुने दूतावासले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =