हेल्थकेयर फाउन्डेशनले ४० हजार कन्डम वितरण गर्ने

हिमाल प्रेस २९ चैत २०७९ १७:१३
14
SHARES
हेल्थकेयर फाउन्डेशनले ४० हजार कन्डम वितरण गर्ने

सुर्खेत– एचआईभी संक्रमितहरूको उपचार लक्षित परियोजना लागु भएको छ। एड्स हेल्थकेयर फाउन्डेशनले पाँच वर्षे सो परियोजना लागु गरेको हो।

परियोजनाबाट संक्रमितहरूको उपचार गर्नेलगायतका कामहरू गरिनेछ। परियोजना संयोजक संजय पौडेलले यो अवधिमा ४० हजार कन्डम वितरण गरिने, ९७ जना नयाँ संक्रमितहरू पत्ता लगाउने, ४ हजार ३५० जनाको एचआईभी परीक्षण गरिने, ४०८ जनालाई सेवा पहुँचमा ल्याउने, ४०८ जनालाई परामर्श दिइनेकाम गरिने जानकारी दिए।

यसका साथै ९१२ जना सेवा लिन आउनेलाई यातायात सुविधा दिइने, संक्रमितहरूले औषधि खाने तथा उपचार गर्ने केन्द्र एआरटी सेन्टरलाई मानवीय सहयोग गर्ने काम पनि यो परियोजनाबाट हुने उनले बताए। बुधबार परियोजनाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको छ।

सो अवसरमा प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले परियोजनाबाट एचआईभी संक्रमितहरूले बढीभन्दा बढी लाभ लिनसक्ने बताए। नयाँ संक्रमतिहरू पत्ता लगाउने, उपचार गर्नेलगायत काममा परियोजना बढी केन्द्रीत भएकोले उद्देश्यअनुसार काम गर्न उनले सुझाव दिए।

नवकिरण प्लसका देवेन्द्र पाठकले संक्रमितहरूका लागि प्रदेश अस्पतालका साथै अब पश्चिम सुर्खेतको सालकोटमा पनि एआरटी केन्द्र बनाउने तयारी भइरहेकोले सहयोग गर्न आग्रह गरेका छन्।

उनले यातायातको थोरै शुल्क अभावमा उपचारमा आउन नसकेका संक्रमितहरूका लागि पनि यो कार्यक्रमले सहयोग गर्ने भएपछि संख्यामा बृद्धि हुने उल्लेख गरे। संक्रमितहरूको स्वास्थ्य उपचारमा धेरै कार्यक्रमहरू भएपछि शिक्षा, रोजगारी र पोषणको क्षेत्रमा काम गर्न उनले आग्रह गरेका छन्।

प्रदेश अस्पतालमा कार्यरत सविता गिरीले प्रदेश अस्पतालमा विगतको तुलनामा अहिले एचआईभी संक्रमितहरूलाई भेदभाव र लाञ्छनारहित उपचार भइरहेको बताइन्।

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले संक्रमितहरूको उपचारका साथै आश्रित परिवारको जीवनयापन र शिक्षामा पनि सहयोग आवश्यक रहेको जनाए। पाँच वर्षे परियोजनाको कूल बजेट १ करोड १६ लाख रहेको छ।

प्रकाशित: २९ चैत २०७९ १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =