सगरमाथा राखेको भए पनि राम्रै भन्ने थिएँ, कोशी प्रदेश राखियो राम्रो भयो : माधव नेपाल

हिमाल प्रेस २९ चैत २०७९ १३:०५
84
SHARES
सगरमाथा राखेको भए पनि राम्रै भन्ने थिएँ, कोशी प्रदेश राखियो राम्रो भयो : माधव नेपाल

इटहरी- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश १ को नाम कोशी राख्नु राम्रो भएको बताएका छन्। बुधबार इटहरीमा पत्रकारहरूसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेशको नामकरण कोशी राखिनु सकारात्मक भएको बताएका हुन्।

‘देश बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय छ, यसै सन्दर्भमा साझा पहिचानको नाम कोशी बहुमतले पारित भएको छ, राम्रो भयो, सगरमाथा राखिएको भए पनि राम्रै भन्ने थिएँ,’ नेपालले भने, ‘प्रत्येक समुदाय र आम मानिसको भावनाको कदर गर्नुपर्छ, पछिल्लो समय देशलाई जातीय द्वन्द्वमा लैजान खोजिँदैछ।’

उनले नामकरणको विषयमा सचिवालयमा समेत यसअघि छलफल गरेको बताए। उनले भने, ‘अन्य प्रदेशको नामकरण भूगोलकै आधारमा भएको छ, यो प्रदेशमा पनि बहुमत सदस्यले कोशी पारित गरिएको छ।’

उनले केही पहिचानवादीहरूले देशलाई जातीय द्वन्द्वतर्फ उन्मुख गरेको बताएका छन्। जनताबाट निर्वाचित प्रदेशसभा सदस्यहरूले नामकरण गरेकाले सबैले स्वीकार गर्नुपर्ने बताए।

‘एमाले र राप्राबाहेक सबैलाई सरकारमा समेट्ने सोच छ,’ उनले भने, ‘हाम्रो पार्टीले कम्युनिस्ट पार्टीसँग नीति, विचार, व्यवस्था र मन मिलेमा एकता गर्न पनि सक्छ, तर हामी अरू कसैसँग विलय हुने अवस्थामा जानेछैनौँ।’

पछिल्लो समय नेताहरूबीच आरोपप्रत्यारोप भइराखेको र यसले फाइदा नगर्ने भन्दै देशमा अहिले राजतन्त्र फर्काउने प्रयाससमेत भइरहेको उनले बताए।

प्रकाशित: २९ चैत २०७९ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =