८ महिनामा भित्रियो ८ खर्ब रेमिट्यान्स

हिमाल प्रेस २८ चैत २०७९ १५:०३
38
SHARES
८ महिनामा भित्रियो ८ खर्ब रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय तथ्यांकअनुसार चालु आवको साउनदेखि फागुनसम्म ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको हो। यो रकम गत आर्थिक वर्षको ८ महिनाको तुलनामा २५.३ प्रतिशतले बढी हो। गत आवमा रेमिट्यान्स आप्रवाह १.३ प्रतिशतले घटेको थियो।

चालु आवको फागुनसम्म संस्थागत र व्यक्तिगत गरी नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ५१ हजार ७६१ पुगेको छ। यो संख्या गत आवको सोही अवधिको तुलनामा ५४.३ प्रतिशतले बढी हो।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ८ प्रतिशतले बढ्दै १ लाख ९२ हजार ५५९ पुगेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २८ चैत २०७९ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =