शिशुसहित सुत्केरीको मृत्युपछि मालाखेती अस्पतालमा तनाव

पदमराज भट्ट २८ चैत २०७९ १२:४७
8
SHARES
शिशुसहित सुत्केरीको मृत्युपछि मालाखेती अस्पतालमा तनाव

धनगढी- कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको २४ घण्टा बित्दासम्म शव उठाइएको छैन। सोमबार दिउँसो ११ बजेतिर मृत्यु भएकी गोदावरी नगरपालिका–२ कडायत टोल बस्ने लक्ष्मी भट्टराई र उनको नवजात शिशुको शव नउठाइएको हो।

अस्पताल प्रशासनसँग छलफल भए पनि माग पूरा नगरेकाले पीडित पक्षले शव उठाउन दिएको छैन। मृतकका पति शिवराज भट्टराईले सोमबार राति भएको छलफलमा मंगलबार बिहान ८ बजेतिर छानबिन समिति गठन गर्ने भनिए पनि हालसम्म पहलकदमी नभएकाले शव उठाउन नदिएको बताए।

‘अस्पतालमा शव राखेका छौँ। यहाँ कोही पनि आउनुभएको छैन’, उनले भने, ‘यत्रो घटना भए पनि अस्पताल प्रशासनका मान्छे कोही आएको छैन।’  उनले अस्पतालकै लापरबाहीका कारण पत्नीको मृत्यु भएको आरोप लगाएका छन्। ‘घटनाको प्रकृति हेर्दा अस्पतालकै लापरबाही देखिएको छ। लापरबाही गर्नेलाई छानबिन गर्ने भनिए पनि सुनुवाइ भएको छैन’, उनले भने। भट्टराईले आफूहरूले विभिन्न माग राखे पनि अस्पताल प्रशासनले चासो नदिएको बताए।

अस्पताल प्रशासनले अटेरी गरेको भन्दै स्थानीय आन्दोलित भएका छन्। उनीहरुले राजमार्ग अवरुद्ध गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन्।

प्रकाशित: २८ चैत २०७९ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =