एनएमबि बैंकको खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

हिमाल प्रेस २६ चैत २०७९ २०:०९
4
SHARES
एनएमबि बैंकको खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

काठमाडौँ- एनएमबि बैंकको खाता खल्ती एपमा लिंक गर्दा स्मार्टफोना जित्ने मौका मिल्ने भएको छ। भक्तानी सेवा प्रदायक खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिंक गर्दा स्मार्टफोना जित्ने मौका दिएको हो।

सोबाट एनएमबि बैंकको मोबाइल एप प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गरी छिटो र सहज भुक्तानी गर्न सक्ने खल्तीले जानकारी दिएको छ।

खल्ती प्रयोगकर्ताले पहिलोपटक खल्तीमा एनएमबि बैंक खाता लिंक गरे बापत सय रुपैयाँ बोनस पाउनेछन्। साथै, एकजना भाग्यशाली प्रयोगकर्ताले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्।

बोनस लागू खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरी पहिलो भुक्तानी पूरा गरेका प्रयोगकर्ताका लागि मात्रै हुनेछ।

प्रकाशित: २६ चैत २०७९ २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + four =