नेपालपे क्यूआर र खल्तीबीच सम्झौता

हिमाल प्रेस २१ असार २०८० १६:२८
6
SHARES
नेपालपे क्यूआर र खल्तीबीच सम्झौता

काठमाडौँ- खल्तीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को नेपालपे क्यूआरसँग सम्झौता गरेको छ। सम्झौतासँगै खल्ती प्रयोगकर्ताले भुक्तानीका लागि क्यूआर स्क्यान गर्न र नेपालपे क्यूआर मर्चेन्टहरूलाई खल्तीबाट भुक्तानी गर्न सजिलो हुनेछ।

सम्झौताअनुसार खल्ती प्रयोगकर्ताले विभिनन रेस्टुरेन्ट, पसल, मल, चलचित्रहललगायतमा नेपालपे क्यूआर खल्तीबाट स्क्यान गर्न सक्ने खल्ती प्रालीको भनाइ छ। खल्तीका अनुसार ३ सयभन्दा बढी संस्थाहरूमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिनेछ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीको क्यूआर भुक्तानी सबैभन्दा सुविधाजनक रहेको बताए। ‘हाम्रा प्रयोगकर्ताका लागि खल्तीको क्यूआर भुक्तानी सबैभन्दा सुविधाजनक सेवाहरूमध्ये एक हो,’ उनले भने, ‘हामीले विद्यमान र आगामी खल्ती प्रयोगकर्तालाई फोनपे क्यूआर र युनियनपेलगायत नेपालपे क्यूआरबाट पनि सहज भुक्तानीको व्यवस्था गर्न लागेका छौँ।’

प्रकाशित: २१ असार २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =