खल्ती र थापाथली क्याम्पसबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

हिमाल प्रेस २० वैशाख २०८० १८:२१
2
SHARE
खल्ती र थापाथली क्याम्पसबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौँ- खल्ती डिजिटल वालेट र थापाथली क्याम्पसबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिएको छ। सम्झौताअनुसार क्याम्पसका विद्यार्थीले खल्तीमार्फत शुल्क तिर्नसक्ने छन्।

विद्यार्थीहरूले शिक्षाको जुनसुकै तहमा दर्ता गर्न, भर्ना गर्न, ट्युसन शुल्क, परीक्षा शुल्क र अन्य शुल्क भुक्तानी गर्न सक्ने सम्झौतामा उल्लेख छ।

सम्झौताले विद्यार्थी, विभिन्न संकाय र कर्मचारीहरूलाई सहज हुने अपेक्षा गरिएको छ। थापाथली क्याम्पसमा शुल्क भुक्तानी खल्ती एपको होम पेजमार्फत गर्न सकिनेछ।

होम पेजमा गएर ‘स्कूल/कलेज’ फि छनोट गरी ‘कलेज सेक्सन छनोट गर्नुपर्नेछ। त्यसपछि ‘थापाथली क्याम्पस’ मा ट्याप गर्नुपर्नेछ। त्यसपछि भुक्तानी प्रकार र लेबल छनोट गरी फाराम भर्नुपर्ने र भुक्तानी प्रक्रिया छनोट गरी भुक्तानी गर्न सकिने खल्ती सञ्चालक कम्पनीले बताएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले क्याम्पससँगको सम्झौताले विद्यार्थीलाई झन्झटमुक्त र सुरक्षित भुक्तानीको सुविधा उपलब्ध हुने बताए। ‘यो साझेदारीले अन्य शैक्षिक संस्थाहरूलाई पनि डिजिटलाइजेसनप्रति प्रोत्साहित गर्न र प्रयोगकर्ताको अनुभव अझ राम्रो गर्ने कुरामा हामी विश्वस्त छौँ’ उनले भने।

प्रकाशित: २० वैशाख २०८० १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twenty =