समयमै कृषि सामग्री उपलब्ध गराउन मानव अधिकारकर्मीहरूको माग

हिमाल प्रेस २५ चैत २०७९ १९:३८
6
SHARES
समयमै कृषि सामग्री उपलब्ध गराउन मानव अधिकारकर्मीहरूको माग

सुर्खेत– समयमै कृषि सामग्री उपलब्ध गराउन कर्णाली प्रदेशस्तरीय मानव अधिकार समूहले कर्णाली प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मालाई ज्ञापन पत्र बुझाएको छ।

इन्सेकद्वारा गठित प्रदेशस्तरीय मानव अधिकारवादीहरूले शुक्रबार मन्त्री शर्मालाई ज्ञापन पत्र बुझाएको हो। किसानको हकहित संरक्षण र सम्वर्द्धन गर्दै कृषि उत्पादन बढाउन, कृषि सामग्री, कृषि उपजका मल, बिउ उचित मूल्यमा उपल्बध गराउन र बजार पहुँच व्यवस्थापन गरिदिन उनीहरूले मन्त्रीको ध्याकर्षण गराएका छन्।

कर्णाली प्रदेशका विभिन्न पालिकामा हुँदै आएको गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरणमा रोक लगाउनुपर्ने, जैविक मल प्रयोगमा जोड दिनुपर्ने, रैथाने बाली उत्पादनलाई प्रोत्साहन गर्न युवालक्षित कृषि नीति निमार्ण गर्नुपर्नेलगायत माग ज्ञापन पत्रमा उल्लेख छ।

यस्तै वन्युजन्तुबाट हुने अन्नबालीको क्षतिलाई रोकथाम गर्न तथा अर्गानिक प्रदेश घोषणा कार्यान्वयन गर्न मन्त्रालयले कानुन तथा नीति निमार्ण गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

समुहका अध्यक्ष पदम सार्कीले कृर्षी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएको बताए। कृषिमन्त्री शर्माले कर्णाली प्रदेशको अर्गानिक प्रदेश बनाउने विषयमा संवेदनशील रहेको र यसका लागि सरकारले नक्शांकन गरिसकेको जनाए।

प्रकाशित: २५ चैत २०७९ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =