‘संक्रमणकालीन न्यायको विषय हामी सबैलाई पेचिलो बन्दै गयो’

हिमाल प्रेस २४ चैत २०७९ १६:१५
10
SHARES
‘संक्रमणकालीन न्यायको विषय हामी सबैलाई पेचिलो बन्दै गयो’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले ल्याएका न्यूनतम साझा कार्यक्रमले शुभ संकेत गरेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रममा संक्रमणकालीन न्याय टुंग्याउने, सुशासनको प्रत्याभूति दिलाउनका लागि सरकारको तर्फबाट पहल गर्ने, आर्थिक अवस्था सुधार गर्नका निम्ती पहल गर्ने, तत्काल जरुरी परेका आवश्यक कानुनहरू ल्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा समेटिएको बताए।

‘संक्रमणकालीन न्याय आज हामी सबैको निम्ती पेचिलो विषय बनेको छ। इतिहासमा भएको, जनताले गरेको खास आन्दोलनको जगमा हामी अघि बढेका छौं। त्यो मूल्य मान्यतालाई टुंग्याउनु आजको आवश्यकता र साझा कर्तव्य हो’, उनले भने, ‘इतिहासप्रति सम्मान गर्न सिकौं। संक्रमणकालीन न्यायलाई फास्ट ट्रयाकबाट टुंग्याउन माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्न चाहन्छु।’

शान्ति प्रक्रिया तत्कालीन सात दल र माओवादीबीच संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू, मानवअधिकारवादीसहित भएको दाबी गरे। उनले यस विषयलाई कसैको लेनदेनको विषय बनाउन नहुने दाबी गरे।

प्रकाशित: २४ चैत २०७९ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =