‘प्रचण्डले गिरिजाले दिनु भएको जिम्मेवारी पूरा गर्नु भएको हो कांग्रेस आतंकित हुन जरुरी छैन’

हिमाल प्रेस २४ फागुन २०८० १४:५३
140
SHARES
‘प्रचण्डले गिरिजाले दिनु भएको जिम्मेवारी पूरा गर्नु भएको हो कांग्रेस आतंकित हुन जरुरी छैन’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेलले नेपाली कांग्रेसले पुष्पकमल दाहाललाई राजनीतिक बेइमान भनेको भन्दै आपत्ति जनाएका छन्। आफूसँगको सत्ता गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले प्रधानमन्त्रीलाई इमान नभएको राजनीतिक बेइमान भनी टिप्पणी गरेपछि पौडेलले आपत्ति जनाएका हुन्।

बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पौडेलले कांग्रेसले गरेको टिप्पणीको खण्डन गर्दै भने, ‘गिरिजा प्रसाद कोइरालाले ठीकै व्यक्ति छान्नुभएछ। अब यो देश सबै हिसाबले तपाईंले सम्हाल्नु होला भनेर कमरेड प्रचण्डलाईलाई जिम्मा लगाएको कुरा साँचो हो। कोही पनि आतंकित हुन जरुरी छैन्। गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी प्रधानमन्त्रीले पूरा गर्दै हुनुहुन्छ।’

गिरिजा प्रसाद कोरालालाई सबैले सम्मान गर्ने र आफूहरूले भन्दा बढी कांग्रेसले सम्मान गर्ने बताए।

प्रकाशित: २४ फागुन २०८० १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =