सिजी ल्यान्डमार्कका सामानमा ८० प्रतिशतसम्म छुट

हिमाल प्रेस २४ चैत २०७९ १५:५९
6
SHARES
सिजी ल्यान्डमार्कका सामानमा ८० प्रतिशतसम्म छुट

चितवन- चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कका सामान खरिदमा ८० प्रतिशतसम्म छुट पाइने भएको छ।

सीजी ल्यान्डमार्क कम्प्लेक्सले नयाँ वर्षको अवसरमा ८० प्रतिशतसम्म छुटमा सामान उपलब्ध गराउने भएको हो। शनिबारदेखि लागू हुने उक्त योजना वैशाखसम्म रहने बताइएको छ।

सिजी ल्यान्डमार्कले ब्रान्डेड सामानमा भारी छुट दिइने बताएको छ। ‘सपिङ धमाका’ नाममा सार्वजनिक गरिएको प्रवर्द्धन योजनामा उपभोक्ताले ८० प्रतिशतसम्म छुटमा विश्वविख्यात विदेशी र स्वदेशी ब्रान्डका सामान खरिद गर्न पाउने कम्पनीको भनाइ छ।

तुलनात्मक रूपमा महँगो हुने ब्रान्डेड सामान खरिद गर्न नसक्ने उपभोक्तालाई समेत त्यस्ता सामानमा पहुँच पुगोस् भन्ने उद्देश्यले अफर ल्याइएको सीजी ल्यान्डमार्कका महाप्रबन्धक उज्वल केसीले बताए।

चितवनका अन्य आउटलेटमा किन्न नपाइने सामान यहाँ उपलब्ध रहेको महाप्रबन्धक केसीको भनाइ छ।

प्रकाशित: २४ चैत २०७९ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =