गगन थापाको प्रश्न : हाम्रो फोन, म्यासेजको रेकर्ड टर्कीको कम्पनीलाई किन दिनुपर्‍यो?

हिमाल प्रेस २४ चैत २०७९ १४:५१
68
SHARES
गगन थापाको प्रश्न : हाम्रो फोन, म्यासेजको रेकर्ड टर्कीको कम्पनीलाई किन दिनुपर्‍यो?

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाल टेलिकमले भित्राएको प्रविधिले नेपालको डाटा विदेश जाने भन्दै आपत्ति जनाएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले टारामिक्स नामक प्रविधिले कल डिउरेसन र म्यासेजको कन्टेन्टमा हस्तक्षेप गर्ने बताए।

उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा समक्ष यो प्रविधि किन आवश्यक पर्‍यो भन्दै प्रश्न उठाएका छन्। ‘प्राधिकरणले टारामिक्स भन्ने प्रविधि भित्र्‌याएको छ। यसको कार्यान्वयन भए कल गर्दा कहाँबाट कति समयको कल गर्‍यो,’ उनले भने, ‘म्यासेजको कन्टेन्टसमेत टर्कीको कम्पनीसँग डेटा त्यहाँ गएर बस्ने भयो। त्यसको आवश्यकता किन पर्‍यो? यसको जवाफ चाहियो।’

प्रकाशित: २४ चैत २०७९ १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =