जनकपुरधाममा भव्यताका साथ मनाइयो हनुमान जन्मोत्सव

हिमाल प्रेस २३ चैत २०७९ १९:४८
26
SHARES
जनकपुरधाममा भव्यताका साथ मनाइयो हनुमान जन्मोत्सव

जनकपुरधाम– जनकपुरधाममा हनुमान जन्मोत्सव भव्यताका साथ मनाइएको छ। जन्मोत्सवको अवसरमा जनकपुरधाममा निकालिएको विशाल शोभायात्रामा हिन्दू राज्यको माग गरिएको छ।

समस्त हिन्दू समाजको आयोजनामा हनुमान जयन्तीको अवसर पारेर निकालिएको शोभा यात्रामा नेपाललाई हिन्दू राज्य कायम गर्नुपर्ने माग गरिएको हो।

जनकपुरधामस्थित जानकी मन्दिरबाट निस्केको शोभायात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोक पुगेर समापन भयो। जनक चोक पुगेका हिन्दू धर्मावलम्बीहरूले सामूहिक रूपमा हनुमान चालिसा पाठ गरे।

यसका साथै जनक मन्दिर र राम मन्दिरछेउ नयाँ ध्वजारोहण गरिएको शोभायात्रामा सहभागी युवा सुशील कर्णले जानकारी दिए। चैत शुक्ल पूर्णिमामा भगवान हनुमानको जन्म भएको अवसरमा हिन्दू धर्मावलम्बीहरूले प्रत्येक वर्ष यस दिन हनुमान जयन्ती पर्व मनाउने गर्छन्।

यस अवसरमा जनकपुरधामसहित विभिन्न स्थानका हनुमान मन्दिरमा पूजा अर्चनाका लागि श्रद्धालु भक्तजनहरूको भीड लाग्छ।

केही दिन पहिले रामनवमीको अवसरमा हिन्दू धर्माबलम्बीहरूले निकालेको विशाल शोभायात्राका क्रममा जानकी मन्दिरपछाडि रहेको मस्जिदअगाडिबाट जय श्रीरामको नारा लगाइएपछि मुस्लिम समुदायले आपत्ति जनाएको थियो।

हनुमान जयन्तीको अवसरमासमेत शोभा यात्राको क्रममा जानकी मन्दिरको परिक्रमा गर्ने कार्यक्रम तय गरे पनि प्रहरीले ठाउँ-ठाउँमा अवरोध खडा गरेको थियो। जानकी मन्दिरपछाडि रहेको मस्जिद जाने बाटोमा प्रहरीले दिनभर प्रवेशमा रोक लगाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =