सरकारको सयदिने उपलब्धिमा घाम लागेको कुरा छुटेछ : एमाले सांसद पन्त

हिमाल प्रेस २३ चैत २०७९ १६:४७
38
SHARES
सरकारको सयदिने उपलब्धिमा घाम लागेको कुरा छुटेछ : एमाले सांसद पन्त

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले सरकार गठन भएका सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज काम सार्वजनिक गरेको तर त्यसमा कुनै पनि कुरा महत्त्वपूर्ण नभएको बताए।

उनले भने, ‘गोरखापत्रको दुई पेजमा सरकारले गरेका काम भनेर ३७ बुँदा राखिएछ। एउटा बुँदा छुटेछ। त्यो के भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएयता नेपालका अस्पतालमा कति बालबालिका जन्मे, त्यो उल्लेख भएनछ।’

यस्तै उनले सरकार गठन भएको १०० दिनमा देशमा कति पानी परेछ, कति घाम लाग्यो त्यो पनि उल्लेख नभएको बताए।

सरकारका सय दिनका प्राथमिकतामा किसान र आर्थिक अवस्थाका समस्या समाधानका उपाय नपरेको पन्तको भनाइ छ। उनले सय दिनसम्म मन्त्रिपरिषद्समेत गठन गर्न नसक्ने सरकारसँग जनताले कुनै आस राख्न नसक्ने पनि बताए। सरकार कार्यहीन र विचारहीन रहेको आरोप उनको छ।

पन्तले भने, यो देशका किसानहरुको बारेमा समस्या समाधानका लागि विषयमा कुनै चर्चा छैन, मुलुकको आर्थिक अवस्थाबारे चर्चा छैन। एउटासँग विवाह गरेर अर्कोसँग बसेको यो सरकार अहिलेसम्म १०० दिन पुग्दा मन्त्रिपरिषद् त गठन गर्न सकेको छैन, अरू के आस गर्नु?’

उनले विचारहीन र कार्यहीन सरकारको आलोचना गर्दा कोही तात्तिनु नपर्ने बताए। उनले भने, ‘जनतालाई कुने सेवा नदिने अनि कराएर हुन्छ, सरकार उपलिब्धहीन छ।’

प्रकाशित: २३ चैत २०७९ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =