रघुजी पन्तले हुलियासहित सुनाए प्रचण्ड हराएको सूचना

हिमाल प्रेस ३ वैशाख २०८० १३:५५
128
SHARES
रघुजी पन्तले हुलियासहित सुनाए प्रचण्ड हराएको सूचना

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हराएको भन्दै सूचना पढेर सुनाएका छन्।

प्रतिनिधिसभा बैठकमा अनियमित हुन थालेपछि पन्तले व्यंग्य गर्दै प्रधानमन्त्री हराएको र फेला पार्नेले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिन अनुरोध गरेका हुन्।

यस्तो छ उनको सूचना

नागरिकताको नाम – पुष्पकमल दाहाल
चलन चल्तीको नाम- प्रचण्ड
स्थायी ठेगाना- फेरिरहने
अस्थायी ठेगाना- कहिले खुमलटार कहिले बालुवाटार
हुलिया- पहिले पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने
उमेर- ६५ नाघेको ७० नपुगेको जस्तो देखिने

उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसद्‌मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने महानुभावले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला।

अन्तिम पटक देखिएको स्थान- बालुवाटारको छेउछाउ

 

प्रकाशित: ३ वैशाख २०८० १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =