अयोग्य लडाकुलाई हैन, अंगभंग भएकालाई पैसा दिनुपर्छ : राप्रपाका सांसद सिंह

हिमाल प्रेस २३ चैत २०७९ १५:२६
14
SHARES
अयोग्य लडाकुलाई हैन, अंगभंग भएकालाई पैसा दिनुपर्छ : राप्रपाका सांसद सिंह

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नेपाली युवाले विदेशमा श्रम गरेर पठाएको पैसा अयोग्य लडाकुलाई बाँडेको भन्दै विरोध जनाएका छन्।

उनले प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले भने, ‘सरकारले अयोग्य लडाकुलाई करोडौँ रुपैयाँ बाँड्न थालेको छ। त्यो पैसा करौडौं रुपैयाँ जो बाकसमा आएका छन्, अंगभंग भएका छन् उनीहरूका परिवारलाई दिनुपर्छ।’

उनले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीका लागि सरकारले कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। उनले प्रश्न गरे, ‘सरकारले विदेबाट बाकसमा शव फर्किएका नेपालीका परिवारका लागि के सोचेको छ?’

उनले विदेशमा रहेका नेपालीले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तान भन्दा अगाडि असफल मुलुक हुने दाबी गरे। उनले सरकारले अयोग्य लडाकुलाई करोडौँ रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीका लागि कुनै काम गर्न नसकेको प्रति दुःख व्यक्त गरे।

सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको दाबी गरे। उनले अब जनताले विकल्प खोज्ने बेला भइसकेको पनि बताए।

प्रकाशित: २३ चैत २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =