राप्रपाका सांसद सिंहको प्रश्न : महाकालेश्वर दर्शन गर्ने प्रधानमन्त्रीले पशुपतिनाथ कहिले जाने?

हिमाल प्रेस २२ जेठ २०८० १५:२७
10
SHARES
राप्रपाका सांसद सिंहको प्रश्न : महाकालेश्वर दर्शन गर्ने प्रधानमन्त्रीले पशुपतिनाथ कहिले जाने?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मैत्रीपूर्ण भ्रमण मात्र नभई धार्मिक भ्रमणपनि रहेको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद सिंहले भारतको इन्दोरमा सबै बस्त्र उताएर अर्को बस्त्र लगाएर महाकालको दर्शन गरी राम्रोसँग देश, जनता र आफ्नो लागि पूजापाठ गरेको बताउँदै प्रश्न गरे। ‘किन हाम्रो प्रधानमन्त्रीज्यू भगवानको राजा पशुपतिनाथको मन्दिर कहिले जाने हो? तिथि मिति पनि हामीलाई बताइदिनुहोला’ उनले भने।

सांसद सिंहले हिजो भारतसँग सुरुङ युद्ध गर्छु भन्ने प्रधानमन्त्री भारतमा महाकालेश्वरको दर्शन गरी भैसी लिएर आएको भन्दै कटाक्ष समेत गरे। यस्तै उनले भारत भ्रमणका बेला प्लेन चढ्ने बेलामा किन नागरिकता विधेयकमा ल्याप्ने हान्न लगाउनुभयो भन्दै प्रश्नसमेत गरे।

प्रकाशित: २२ जेठ २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =