उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै चुनाव चिह्न दिइने

हिमाल प्रेस २३ चैत २०७९ ७:१५
8
SHARES
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै चुनाव चिह्न दिइने

काठमाडौँ– उपनिर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ। निर्वाचन आयोगले वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुने जनाएको छ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सक्नेछन्।

त्यसपछि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली सार्वजनिक गर्नेछ। चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाच्नका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो। उम्मेदवारहरूलाई आजै चुनाव चिह्न प्रदान गरिनेछ।

मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै पदमुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो।

त्यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचन रामसहाप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले उपनिर्वाचनबाट सो रिक्त पदपूर्ती गर्न लागिएको हो।

उम्मेदवारहरू अहिले चुनावी अभियानमा लागिसकेका छन्।

प्रकाशित: २३ चैत २०७९ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =