कोशी प्रदेश सरकारले कार्य मूल्यांकन समिति गठन गर्ने

हिमाल प्रेस २२ चैत २०७९ २१:१०
8
SHARES
कोशी प्रदेश सरकारले कार्य मूल्यांकन समिति गठन गर्ने

इटहरी– कोशी प्रदेश सरकारले कार्य कुशलता र कार्य सम्पादनका लागि कार्य मूल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्‍को बैठकले दिलकुमार मेम्याङबो संयोजकत्वमा कार्य मूल्यांकन समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकले दुर्गा चापागाईंको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति बनाउने निर्णय पनि गरेको छ।

बैठकले संघबाट हस्तान्तरण भई आएका पूर्वाधार विकासका लागि अपुग ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ केन्द्र सरकारसँग माग गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए।

सो अवसरमा सरकारले प्रमुख सचिव डा. दीपक काफ्लेलाई स्वागत र पूर्वसचिव किशोर चौधरीलाई बिदाइसहित धन्यवाद प्रस्ताव पनि पारित गरेको छ।

प्रकाशित: २२ चैत २०७९ २१:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =