कोशी प्रदेश : माओवादी तत्काल सरकारबाट नबाहिरिने

हिमाल प्रेस १० चैत २०७९ २०:१३
8
SHARES
कोशी प्रदेश : माओवादी तत्काल सरकारबाट नबाहिरिने इन्द्रबहादुर आङ्बो।

इटहरी– कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्र तत्काल नबाहिरिने भएको छ। माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफूहरू सरकारबाट तत्काल नबाहिरिने बताएको हो।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले शुक्रबार (आज) विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारबाट आफ्ना मन्त्रीहरू तत्काल फिर्ता नहुने जानकारी दिएका हुन्।

कोशी प्रदेशमा मध्यावधि चुनाव हुने हल्ला मात्रै भएको उनले बताए। केन्द्रको गठबन्धनले कोशी प्रदेशको समीकरणबारे सामान्य चासो र जानकारी लिए पनि ठोस निर्णय र निर्देशन नगरेकाले आफूहरू सरकारबाट तत्काल नबाहिरिने उनले बताए।

‘अरू प्रदेशको सत्ताको समीकरणको अवस्था र हाम्रो प्रदेशको सत्ता समीकरणको अवस्थामा केही भिन्न अवस्था छ। अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहजै आउने अवस्था पनि छैन,’ उनले भने।

केन्द्रमा एमाले र माओवादीको सत्तासमीकरण भत्किएर माओवादी र नेपाली कांग्रेससहित १० दलीय गठबन्धन बनेपछि यसको असर सातवटै प्रदेशका सरकारमा परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =