पारिवारिक विवादपछि प्रहरी जवानले गरे आत्महत्या

हिमाल प्रेस २२ चैत २०७९ १८:३०
5.7k
SHARES
पारिवारिक विवादपछि प्रहरी जवानले गरे आत्महत्या

काठमाडौँ- मुगुमा एक प्रहरी जवानले आत्महत्या गरेका छन्। घरायसी विवादका कारण घटना भएको अनुमान गरिएको छ।  जुम्लाको कनकासुन्दरी गाउँपालिका-९ का अनिल बुढाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले हिमालप्रेसलाई जानकारी दिए।

घटना बुधबार दिउँसो करिब २ बजेको भएको उनको भनाइ छ। बुढाले जिल्लाको छायानाथ रारा नगरपालिका-१ स्थित रानीवनको सल्लाको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन्।

नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत हाल नेपालगञ्ज कोहलपुर बाँके दरबन्दी भएका २६ वर्षीय प्रहरी जवान बुढा मुगुमा काजमा खटिएका थिए।

बुढाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको छ।

प्रकाशित: २२ चैत २०७९ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =