नेपालमा थपिए ९८ जना कोरोना संक्रमित

हिमाल प्रेस २२ चैत २०७९ १८:१४
16
SHARES
नेपालमा थपिए ९८ जना कोरोना संक्रमित फाइल तस्बिर

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो दुई हप्ता यता कोरोनाको संख्या बढिरहेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ९८ जनामा संक्रमण पुष्टी भएको छ। यससँगै देशभर सक्रिय कोरोना भाइरसका संक्रमितको संख्या ३२२ पुगेको छ।

मन्त्रालयले केही संक्रमितलाई आईसीयुमा भर्ना गर्ने अवस्था आएको जनाएको छ। काठमाडौँ उपत्यकामा मात्रै १७ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने चारजना आइसीयु र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

संक्रमणबाट बच्न भौतिक दुरी कायम गर्न, मास्क लगाउन र हातको सरसफाइमा ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित: २२ चैत २०७९ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =