उपनिर्वाचन : रवि लामिछानेविरुद्धका तीनवटै उजुरी खारेज

हिमाल प्रेस २२ चैत २०७९ १६:४२
20
SHARES
उपनिर्वाचन : रवि लामिछानेविरुद्धका तीनवटै उजुरी खारेज

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका उजुरीहरू खारेज भएको छ।

वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका लामिछानेको उम्मेदवारीको विषयमा प्रश्न उठाउँदै दुई स्वतन्त्र र एक राजनीतिक दलका उम्मेदवारले उजुरी दिएका थिए।

लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो। एउटा उजुरी भने युवराज पौडेल (सफल)ले दिएका थिए। उम्मेदवारले मात्रै उजुरी दिन पाउने कानुनी व्यवस्था छ। त्यसैले उनको उजुरी अध्ययन नै नभई खारेज भएको थियो।

उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ।

प्रकाशित: २२ चैत २०७९ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =