उपनिर्वाचन : कुन क्षेत्रका उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन्?

हिमाल प्रेस २२ चैत २०७९ १६:१४
12
SHARES
उपनिर्वाचन : कुन क्षेत्रका उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन्?

काठमाडौँ– निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको खर्च सीमा तोकेको छ। आयोगको बैठकले वैशाख १० मा हुने उपनिर्वाचनका उम्मेदवारको अधिकतम खर्च सीमा तोकेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकेअनुसारको खर्च सीमा तोकिएको हो।

वैशाख १० मा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ। आयोगका अनुसार चितवन-२ का उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न सक्नेछन्। त्यस्तै बारा-२ का उम्मेदवारले पनि २९ लाख रुपैयाँ नै खर्चिन सक्नेछन्।

तनहुँका उम्मेदवारले भने अन्य दुई क्षेत्रको भन्दा बढी रकम खर्चिन पाउनेछन्। यहाँका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँ चुनावमा खर्च गर्न पाउनेछन्।

आयोगले उम्मेदवारले तोकिएअनुसार नै खर्च गर्न पनि निर्देशन दिएको छ। त्यस्तै निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र चुनावी खर्च पेस गर्न पनि आयोगले निर्देशन दिएको छ।

प्रकाशित: २२ चैत २०७९ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =