राष्ट्रियगानबाट अगाडिको धुन हटाउन ओलीको माग

हिमाल प्रेस २२ चैत २०७९ १४:२१
12
SHARES
राष्ट्रियगानबाट अगाडिको धुन हटाउन ओलीको माग

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानको अगाडिको धुन हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले बुधबार वीरगन्जमा अखिल नेपाल पिछडावर्ग महासंघको प्रथम राष्ट्रिय महाधिवेशन सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।

ओलीले भने, ‘राष्ट्रियगान शब्दबाट सुरु हुन्छ। शब्दमै अन्त्य हुनुपर्छ। शब्दको धुनबाट सुरु हुन्छ, शब्दको धुनमा अन्त्य हुन्छ।’

उनले सयौँ थुँगा फूलका हामी…भन्दा अगाडिको धुन राष्ट्रियगानबाट हटाइनुपर्ने बताए। ओलीले भने, ‘त्यो राष्ट्रियगानभित्र पर्दैन। राष्ट्रियगानको धुन पनि होइन। अगाडि बजाउने बाजा राष्ट्रियगानमा बजाइँदैन।’

उनले सिँगारपटार गरेर अर्को म्युजिक अगाडिपछाडि गर्न नहुने बताए। यस्तै उनले राष्ट्रियगानको पृष्ठभूमिमा नेपालको नयाँ भूभाग देखाउन पनि आग्रह गरेका छन्।

प्रकाशित: २२ चैत २०७९ १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =