बारा-२ : ३६ जनाको उम्मेदवारी दर्ता, २४ स्वतन्त्र उमेदवार

हिमाल प्रेस २० चैत २०७९ १९:२३
68
SHARES
बारा-२  : ३६ जनाको उम्मेदवारी दर्ता, २४ स्वतन्त्र उमेदवार

काठमाडौँ– बारा-२ को उपनिर्वाचनका लागि ३६ जनाको उम्मेदवारी दर्ता भएको छ।  सोमबार भएको मनोनयनमा दलहरूकोतर्फबाट १२ जना र स्वतन्त्र २४ गरी ३६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

उम्मेदवारी दर्ताका लागि बिहान १० बजे बेलुका ५ बजेसम्मको समय तोकिएको थियो। मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललगायतको उम्मेदवारी परेको हो।

प्रकाशित: २० चैत २०७९ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =