बारा २ मा यादव अगाडि, पछ्याउँदै कुशवाह

हिमाल प्रेस ११ वैशाख २०८० १५:२१
176
SHARES
बारा २ मा यादव अगाडि, पछ्याउँदै कुशवाह

काठमाडौँ– आइतबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बारा-२ मा सत्तागठबन्धनका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन्।

करैयामाई गाउँपालिका १ को स्वास्थ केन्द्र मतदान केन्द्रको २ हजार ३ सय ६८ मत गणना भएकोमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्षसमेत रहेका यादवले ४ सय ५८ मतसहित अग्रता लिएका हुन्।

निकटतम् प्रतिष्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ३ सय ५८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका पुरुषोत्तम पौडेल ३ सय १८ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल १ सय ६९ मतका साथ चौथो स्थानमा छन्।

यस्तै आमजनता पार्टीका अरुण ज्ञावालीले ३१ मत प्राप्त गरेका छन्। अहिले करैयामाइ २ को गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।

प्रकाशित: ११ वैशाख २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =