‘नेपालको अर्थतन्त्रलाई झारफुक, टालटुल होइन चिरफार गर्न चुनावी मैदानमा आएको हुँ’

हिमाल प्रेस २० चैत २०७९ १६:११
14
SHARES
‘नेपालको अर्थतन्त्रलाई झारफुक, टालटुल होइन चिरफार गर्न चुनावी मैदानमा आएको हुँ’

काठमाडौँ- वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई माथि उठाउन आफू चुनावी मैदानमा आएको बताएका छन्। केही दिनअघि कांग्रेस छोडेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन्।

‘चितवन-२ मा गएको निर्वाचनमा रविजीलाई तपाईंहरूले जिताइदिएको जस्तो, तनहुँ १ ले पनि त्यस्तै सन्देश दिओस् कि अब यो लरतरो पाराले, घिसिपिटी पाराले, ख्यालमा राज्य सञ्चालन, शासकीय अभ्यास गर्न सकिन्न’ उनले भने।

बिरामी अर्थतन्त्रलाई झारफुक र टालटुल गरेर नहुने उनको तर्क छ।

आज सोमबार मनोनयनका लागि तनहुँ पुगेका उनले थप भने, ‘बिरामी परेको राज्य व्यवस्था छ, बिरामी परेको अर्थतन्त्र छ त्यसको लागि टालटुले विधिले हुँदैन। सर्जरी नै चाहिन्छ। झारफुकले हुँदैन, सर्जरी नै चाहिन्छ, चिरफार नै चाहिन्छ। यसका लागि तपाईंहरूले मलाई जिताउनुपर्छ।’

हाम्रा छोराछोरी सबैलाई यही देशमा सम्भावना छ भन्ने  वातावरण बनाउन पनि आफूलाई जिताउन उनले आग्रह गरे।

युवाहरूलाई देशमै टिक्ने वातावरण बनाउन अर्थतन्त्र बलियो हुनुपर्ने र अर्थतन्त्र बलियो बनाउन आफूसँग ज्ञान भएको उनको भनाइ छ।

प्रकाशित: २० चैत २०७९ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =