संस्थागत विद्यालयले पाठ्यपुस्तक र स्टेशनरी बिक्री गर्न नपाउने

हिमाल प्रेस १९ चैत २०७९ १९:३०
10
SHARES
संस्थागत विद्यालयले पाठ्यपुस्तक र स्टेशनरी बिक्री गर्न नपाउने काठमाडौँ महानगर

काठमाडौँ– संस्थागत विद्यालयले पाठ्यपुस्तक र स्टेशनरी बिक्री गर्न नपाउने भन्दै काठमाडौँ महानगरपालिकाले परिपत्र जारी गरेको छ। महानगरपालिको शिक्षा विभागले परिपत्र जारी गर्दै विद्यालयले जबरजस्ति पाठ्यपुस्तक र स्टेशनरी बिक्री गरेको पाइए सम्बन्धीत विद्यालयको प्रिन्सिपललाई कारबाही गर्ने जनाएको हो।

विभागले विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरूलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउन पनि परिपत्रमा जारी गरेको छ।

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार विद्यालयलाई आफ्ना गतिविधि गर्न विभागले मातहतका विद्यालयलाई निर्देशन जारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fourteen =