सांसद बडूको प्रश्न : कोरोना नियन्त्रणमा सरकारको नीति के छ?

हिमाल प्रेस १९ चैत २०७९ १४:३४
14
SHARES
सांसद बडूको प्रश्न : कोरोना नियन्त्रणमा सरकारको नीति के छ?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे जानकारी गराउन माग गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोरोनाका संक्रमित बढिरहेको आफूले थाहा पाएको भन्दै यस्तो माग गरेका हुन्।

उनले कोरोना रोकथामका लागि सरकारको नीति के छ भन्ने प्रश्न पनि गरेका छन्।

‘देशका विभिन्न भागमा कोरोनाको नयाँ भेरियन्टहरुको संक्रमण बढ्दै गइरेहेको जानकारीमा आएको छ। यसको अवस्था के हो?,’ उनले भने, ‘ यसको रोकथाम र उपचारको निम्ती सरकारको कार्यनीति र कार्यक्रम के छ? यसबारे सरकारले संसद्‌मा जानकारी गराओस्।’

पछिल्लो समय देशमा कोरोना संक्रमित बढिरहेका छन्। त्यस्तै खुला सीमाना रहेको भारतमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ।

प्रकाशित: १९ चैत २०७९ १४:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =