संघीय निजामती ऐन अहिलेकै संसद अधिवेशनबाट पारित गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १८ चैत २०७९ १५:२३
8
SHARES
संघीय निजामती ऐन अहिलेकै संसद अधिवेशनबाट पारित गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन चालु संसद अधिवेशनबाटै पारित गर्ने बताएका छन्। राष्ट्रिय खेलकुद परिषदले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

संघीयता कार्यान्वयनको कामलाई गति दिनका लागि पनि सरकारले सो विधेयकलाई चालु संसद अधिवेशनबाटै पारित गरेर कार्यान्वयनमा लैजानका लागि ध्यान दिएको उनको भनाइ छ।

संघीय निजामती सेवा ऐन र त्यससँग सम्बन्धित अन्य ऐनहरू नहुँदा अहिले संविधानले अंगीकार गरेको मर्म र भावनाअनुसार संघीयता कार्यान्वयन नभएकाले अब सो ऐनहरू बनाएर अगाडि जाने कुरामा सरकार दृढ रहेको उनले स्पष्ट पारे।

‘हामी अहिले जसरी तीन तहको सरकारमा छौं। संविधानले मूलभूत रुपमा तिनको क्षेत्राधिकारको बारेमा किटेको छ। तर, त्यसअनुसारको ऐन बन्न नसक्दा संघीय निजामती ऐन, कर्मचारी समायोजनसँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण ऐन हो। त्यस्तै अरू पनि ऐनको व्यवस्था समयमा हुन नसक्दा संघीयता कार्यान्वयनको विषय अघि जसरी उहाँ उठाउनु भयो नि खेलकुद क्षेत्रमा मात्रै होइन् अन्य क्षेत्रमा पनि संविधानले अंगीकार गरेको मर्म र भावनाअनुसार जान सकेको छैन। म यहाँहरूलाई के कुरा स्पष्ट गर्न चाहन्छु भने अहिलेको सरकारको ध्यानचाहिँ संघीय निजामती ऐन बनाउने र अन्य समायोजनसँग सम्बन्धित ऐनहरू पनि बनाएर अगाडि जाने कुरामा दृढ छ,’ उनले भने।

सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्‍याउने संविधानको मर्मअनुसार संघीयता कार्यान्वयनको कामलाई तीव्रता दिन पनि सोसँग सम्बन्धित ऐन निर्माणको कामलाई ढिलाइ गर्न नहुने प्रधानमन्त्री प्रचण्डले दोहोर्‍याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =