राष्ट्रियसभा बैठक बस्दै

हिमाल प्रेस १६ चैत २०७९ ८:४०
2
SHARE
राष्ट्रियसभा बैठक बस्दै राष्ट्रियसभा बैठकतस्बिर- रासस

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रकाशित: १६ चैत २०७९ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =