नेपाल उद्योग परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच सम्झौता

हिमाल प्रेस १५ चैत २०७९ २०:०४
2
SHARE
नेपाल उद्योग परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच सम्झौता

काठमाडौँ- नेपाल उद्योग परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच सम्झौता गरिएको छ। लगानी, व्यवसाय प्रवद्र्धनलगायतमा सहकार्य गर्ने विषयमा दुई पक्षबीच सम्झौता गरिएको हो। सम्झौतापत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इन्डियन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन्।

दुईपक्षले लगानी तथा व्यवसाय प्रवद्र्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारी आदानप्रदानलगायतमा सहकार्य गर्ने सम्झौतामा उल्लेख छ।

हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबैभन्दा पुरानो संस्था इन्डियन चेम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यावसायिक सम्बन्ध थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

परिसंघले अगाडि बढाइरहेको ‘मेक इन नेपाल’ स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवद्र्धनलगायत दुई देशका उत्पादन तथा सेवाहरूको प्रवद्र्धनमा दुई संस्थाबीच सहकार्य हुने बताए।

इन्डियन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले सहकार्यले नेपाल र भारतबीच उद्योग, व्यापार र लगानीका क्षेत्रमा नयाँ सम्भावनाहरू खोज्न महत्त्वपूर्ण हुने बताए।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीहरूका समस्या, चुनौतीहरूको पहिचान एवं सामाधानका लागि दुवै संस्थाले लबिइङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए।

प्रकाशित: १५ चैत २०७९ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =