पदम लिम्बुको परिवारलाई कोशी प्रदेशले तीन लाख दिने घोषणा

हिमाल प्रेस १३ चैत २०७९ १३:१४
6
SHARES
पदम लिम्बुको परिवारलाई कोशी प्रदेशले तीन लाख दिने घोषणा

काठमाडौँ- कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो।
कोशी प्रदेश नामकरणको विरोधमा ५ चैतमा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ)को उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो।

प्रदेश सरकारले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ।

प्रकाशित: १३ चैत २०७९ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 4 =