एयर इन्डियामाथि छानबिन सुरु, प्राधिकरणद्वारा पत्राचार

हिमाल प्रेस १२ चैत २०७९ २०:२३
2
SHARE
एयर इन्डियामाथि छानबिन सुरु, प्राधिकरणद्वारा पत्राचार

काठमाडौँ- एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को अनुमतिबिना जहाज १५ हजार फिटमा झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियामाथि छानबिन थालेको छ।

गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि १९ हजार फिटमाथि उडान गरिरहेको एयर इन्डियाको जहाज अचानक बिनाअनुमति १५ हजार फिटमा आएको थियो।

सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो। लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो।

सोही विषयमा प्राधिकरणले छानबिन थालेको हो। छानबिन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इन्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। ‘एयर इन्डिया र नेपाल एयरलाइन्सबीच भएको उक्त घटनाको विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न र त्यसको जानकारी प्राधिकरणलाई गराउन भन्दै पत्राचार गरेका छौँ,’ निरौलाले भने।

घटना सम्बन्धमा छानबिन समिति गठन भएको र घटना भएको समयमा टावरमा रहेका एटिसीलाई ‘एक्टिभ पोजिसन’ मा रहेर काम गर्न रोक लगाइएको उनले बताए। रासस

प्रकाशित: १२ चैत २०७९ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =