गृह मन्त्रालयले बनायो बरहथवा घटनाको छानबिन गर्न तीन सदस्यीय समिति

हिमाल प्रेस २१ पुष २०८० १७:४२
58
SHARES
गृह मन्त्रालयले बनायो बरहथवा घटनाको छानबिन गर्न तीन सदस्यीय समिति

काठमाडौँ- गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शनिबार विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

समितिको सदस्यमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी छन्।

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका-५ मा प्राथमिक स्वास्थ्यकेन्द्रको विषयमा विवाद हुँदा स्थानीय बासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा-६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो।

मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएकाे गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ पुष २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eleven =