नेप्से परिसूचक २६.८५ अंकले घट्यो

हिमाल प्रेस १२ चैत २०७९ १६:२४
2
SHARE
नेप्से परिसूचक २६.८५ अंकले घट्यो

काठमाडौँ- आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। आइतबार नेप्से परिसूचक २६.८५ अंकले घटेर १८८८.२७ बिन्दुमा झरेको छ। पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर उतारचढाव आइरहेको छ।

सेन्सेटिभ इन्डेक्स ५.०१ अंकले घटेको छ भने फ्लोट इन्डेक्स  १.९८ अंक घटेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स १.९५ अंकले घटेको छ। आइतकार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

बिहीबारको तुलनामा आइतबार नेप्से कारोबार रकम समेत घटेको छ। बिहीबार १ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ।

म्युचुअल फन्ड उपसमूहको परिसूचक ४.७७ प्रतिशत घटेको छ। लघुवित्त ३.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन र व्यापार २ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रकाशित: १२ चैत २०७९ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =