सत्ता गठबन्धन मन्त्रालय बाँडफाँट गर्न पनि नसक्ने अवस्थामा पुग्यो : विष्णु पौडेल

हिमाल प्रेस ११ चैत २०७९ ८:५३
4
SHARES
सत्ता गठबन्धन मन्त्रालय बाँडफाँट गर्न पनि नसक्ने अवस्थामा पुग्यो : विष्णु पौडेल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।

शुक्रबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने बताए।

सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो। निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका उनले मुलुकको अर्थतन्त्र धरापमा परेको बताए।

उनले भने, ‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्ने छैन। राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान पनि छैन। तपाईहरुले देखिरहनु भएको छ–जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने। सरकारमा कसरी पुग्ने चिन्ता थियो। अब सरकार कसरी टिकाउने।’

उनले पौडेलले राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भिर नभएको आरोप समेत लगाए । उनले एमाले निकट अनेरास्ववियुलाई विजयी हुनबाट रोक्न सरकारले प्रहरी प्रशासनको दूरुपयोग गरेको बताए ।

प्रकाशित: ११ चैत २०७९ ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =