वसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय

हिमाल प्रेस १० चैत २०७९ १६:४४
322
SHARES
वसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ– नेपाल प्रहरीको आईजीपीमा  वसन्तबहादुर कुँवर  नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय गरेको हो। कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

अहिलेका आईजीपी धिरजप्रताप सिंहको कार्यकाल आज राति १२ बजेदेखि सकिँदैछ। उनी ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

त्यसअघि सरकारले शनिबारदेखि लागू हुने गरी प्रहरी प्रमुख नियुक्त गरेको हो। आईजीपी बन्ने दौडमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए।

डीआइजीबाट एआईजी पदमा पदोन्नति भएका पाँचै जनाले बुधबार दर्ज्यानी चिह्न लगाएका थिए।

काम गर्नसक्ने सक्षम, संगठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आईजीपी बनाउँदै आएको छ। कुँवर डीआईजी बन्दा पनि पहिलो नम्बरमा थिए। त्यसपछि उनी एआईजी बन्दा पनि पहिलो नम्बरमै भएका हुन्।

आजदेखि आईजीपी सिंहसहित तीन एआईजी सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी पनि अवकाशमा जाँदैछन्। यी तीन र आईजीपी को ठाउँ गरी चार जनाको पद रिक्त हुनेछ। यी चार पदका लागि डीआईजीहरू सुदीप गिरी, सन्दीप भण्डारी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुनेछ।

मन्त्रिपरिषद् बैठक बस्दै, को होला नयाँ आईजीपी?

नयाँ पाँच एआईजीले लगाए दर्ज्यानी चिह्न, अब को बन्ला आईजीपी?

 

एआईजीमा बढुवा भएकै दिन श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियारको निर्देशन

एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर [सूचीसहित]

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

 

 

 

प्रकाशित: १० चैत २०७९ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =