मन्त्रिपरिषद् बैठक बस्दै, को होला नयाँ आईजीपी?

हिमाल प्रेस १० चैत २०७९ ९:२२
8
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै, को होला नयाँ आईजीपी?

काठमाडौँ-  आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्दैछ। बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रबार सारिएको हो। अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने एजेन्डा छ।

आईजीपी धीरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदैछन्। उनको बिदाइ पनि आजै गर्ने तयारी छ।

५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूआईजीपीको दाबेदार हुन्। चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन्।

हालसम्म सरकारले कसलाई आईजीपी नियुक्त गर्छ भन्ने संकेत दिएको छैन। पाँचैजना अहिले नयाँ आईजीपी बन्ने तयारीमा छन्। किरण बज्राचार्य आईजीपी बने इतिहासमै पहिलोपटक महिला आईजीपी बन्ने अवसर पाउनेछिन्। तर, पछिल्लो समय कुँवर र ज्ञवालीमध्ये एकजनाको सम्भावना बढी रहेको बताइन्छ।

हालसम्म गृहमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंसँग राखेकाले आफ्ना लागि सहज पात्रको खोजीमा उनी रहेको देखिन्छ। प्रधानमन्त्री प्रचण्डले यसअघि नवनियुक्त एआईजीसँग सामूहिक भेट गर्दै पाँच जनामध्ये एक जना जो पनि आईजीपी बन्न सक्ने भएकाले मिलेर काम गर्न तयार रहन भनेका थिए।

प्रकाशित: १० चैत २०७९ ९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =