प्रधानमन्त्रीलाई पद गुम्छ कि भन्ने डर छ : गगन थापा

हिमाल प्रेस १० चैत २०७९ १५:४८
28
SHARES
प्रधानमन्त्रीलाई पद गुम्छ कि भन्ने डर छ : गगन थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको बताएका छन्।

शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्तासहितको डर रहेको बताएका हुन्।

‘अहिले म यसो नेताहरु हेर्छु–पटकपटक प्रधानमन्त्री भइसकेको नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ। पटकपटक चुनाव जितेकोलाई अर्काे पटक चुनाव नजित्ला कि भन्ने डर छ,’ उनले भने, ‘अहिले भइरहेको प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर मलाई हटाइ देलान् कि भन्ने डर छ।’

कार्यक्रममा विद्यार्थीलाई पहिलो, दोस्रो हुने भन्दा पनि सफल हुने गरी अध्ययनमा लाग्न अनुरोध गरे।

प्रकाशित: १० चैत २०७९ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =