सामुदायिक रेडियोसँग सहकार्य गर्न स्थानीय तहलाई मन्त्री मोदीको आग्रह

हिमाल प्रेस ८ चैत २०७९ २०:०४
6
SHARES
सामुदायिक रेडियोसँग सहकार्य गर्न स्थानीय तहलाई मन्त्री मोदीको आग्रह

काठमाडौँ- सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७ औँ वार्षिक साधारणसभा बुधबारबाट ललितपुरमा सुरु भएको छ। सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब नेपाल)को आयोजनामा सुरु भएको कार्यक्रमको पहिलो दिन आज ‘पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी’ विषयमा छलफल भएको छ ।

त्यस्तै ‘परम्परागत हानिकारक अभ्यास, अपाङ्गता भएका व्यक्तिहरुका सवाल र लैङ्गिक समावेशीकरण’ र ‘बदलिँदो सूचना प्रविधिमा सामुदायिक रेडियोको दिगोपना’ विषयमा अन्तरसंवाद गरिएको छ।

छलफलमा देशभरका सामुदायिक रेडियोका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र विषयगत मन्त्रालयका अधिकारी सहभागी रहेको अकोराबका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए।

साधारणसभाको बन्द सत्रमा आजै, सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोरजंग थापाले संगठनात्मक, कोषाध्यक्ष सरोज पौडेलले आर्थिक र लेखा समितिका संयोजक डाक्टर भूमि चापागाईँले लेखा समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

यसैबीच, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सामुदायिक रेडियोसँग सहकार्य गर्न ७ सय ५३ वटै स्थानीय तहलाई आग्रह गरेका छन्। सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारण सभामा शुभकामना दिँदै मन्त्री मोदीले नागरिकलाई सूचना र आफ्ना गतिविधिका बारेमा जानकारी दिन सामुदायिक रेडियो सबैभन्दा प्रभावकारी माध्यम भएकाले स्थानीय तहले सहकार्य गर्नुपर्ने बताए।

सामुदायिक रेडियोको दिगोपनाका लागि पनि स्थानीय तहले सहयोग गर्नुपर्ने सामुदायिक रेडियोलाई पालिकाले साझेदारको रुपमा सम्वोधन गर्नुपर्नेमा उनको जोड थियो।

प्रकाशित: ८ चैत २०७९ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =