‘नाईं न भन्नु ल ६’ को गीत ‘दिउँला माया’ सार्वजनिक

हिमाल प्रेस २९ फागुन २०७९ १७:०४
2
SHARE
‘नाईं न भन्नु ल ६’ को गीत ‘दिउँला माया’ सार्वजनिक

काठमाडौँ– फिल्म ‘नाईं न भन्नु ल ६’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘दिउँला माया बोल’को गीत सोमबार (आज) ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा गायक शरद शंकर र गायिका बेनिसा पौडेलको स्वर छ। फिल्मका निर्देशक विकाशराज आचार्यको शब्दमा तयार भएको गीतमा गायक शंकरले संगीत भरेका छन्।
गीतको भिडियोमा कलाकार आँचल शर्मा र आशीर्वाद बी क्षेत्रीको फिचर्ड छ।

आगामी वैशाख १ गते प्रदर्शन हुने फिल्ममा आँचल र आशीर्वादसहित कलाकार प्रियंका कार्की, केकी अधिकारी, सरोज खनाललगायतको अभिनय छ। सोही मितिमा उपेन्द्र सुब्बा निर्देशित ‘जारी’, प्रवेश पौडेल निर्देशित बिहे ‘पास’, र लक्ष्मण सुनारको निर्देशनमा बनेको ‘बुलाकी’ एकैसाथ प्रदर्शन हुनेछन्।

प्रकाशित: २९ फागुन २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =